बुद्ध पूजा - एक परिचय
पूजा दक्व धर्म परम्पराय् याइगु छगू महत्वपूर्ण धार्मिक ज्या खः । सम्प्रदायया मत तथा शिक्षा अनुसार पूजाया अर्थ व विधि थी थी कथं दयेफू । थुलि जक मखु छगू हे परम्पराय् नं थाय् कथं व सम्प्रदाय दुनेया थी थी मत कथं पूजाया अर्थ व विधि थी थी कथं जुइफू । पूजायात धात्थेया अर्थय् थुइका जीवनय् छ्यले फःसा जक थुकि पाखेँ लाभ काये फर्इ मखुसा अन्धविश्वासया गोफसय् लाना थुकिं प्राप्त जुइगु लाभ पाखेँ तापाना च्वने मालि । गुलिखेँ अवस्थाय् ला अन्धविश्वास व अज्ञानया वसय् लाना पूजाया नामं तःतधँगु अकुशल ज्या समेत याना जुया च्वनी । थुकिं पुण्य लाभ याये धका जुया च्वँपिन्त पापया गाले क्वफाना विर्इ ।
संसारय् दुगु धर्म परम्परातय् त विधिया कथं १) याचक परम्परा व २) श्रमण परम्परा याना निथी कथं ब्वथला तःगु दु । याचक परम्पराय् 'पूजा' या अर्थ सुंनं छम्ह अाराध्य देव वा देवी वा छुँनं दृश्य/अदृश्य शक्तियागु पूजा उपासना याना धन सम्पत्ति, निरोगिता, यश, सन्तान, अानन्द अादि फ्वनेगु यार्इ । थुकथंया भक्ति व याचनापाखेँ लय्ताया अाराध्य शक्तिं उपिं याचनात पूवंका विइ धैगु दुग्यंक विश्वास कायेगु यार्इ । श्रमण परम्पराय् याचना वा कृपा वा वरदानय् विश्वास यार्इमखु वरू थःगु अाज्जु पुवंकेया नितिं थम्हंले परिश्रम याये माः धैगु खँय् बिश्वास याना मदिक्क चर्या याना च्वनी । थुगु परम्पराय् 'पूजा' या अर्थ व विधि याचक परम्परासिवे यक्वहे पाःगु खनेदै । श्रमण परम्पराय् 'पूजा' या अर्थ गुरू, माँ, अबु वा अन्य पूजनीय ब्यक्तिपिं वा उपिं पूजनीयपिनिगु स्वापू ंका वस्तुत न्ह्योने नतमस्तक जुया उमिगु सम्झेर ख ती गुणहरूबाट उत्प्रेरित भर्इ अाफ्नो परिश्रम साधनालार्इ अझ दरिलो वनाउने गर्दछ । यसरी गुणानुस्मरण गरी अाफ्नो अाचरण शुद्ध वनाउँदै, सुधार गर्दै प्रत्यक्ष ज्ञान बोध गर्न अभिरत हुन्छ । यी दुर्इ परम्पराहरू मध्येबाट ब्यक्तिले कुन चाहिं छनोट गर्दा अाफूलार्इ लाभ हुन्छ भन्ने वारे विवेकपूर्ण मूल्यांकन गर्नु पर्दछ । सम्प्रदायहरूका परम्पराहरूको विश्लेषण गर्दा एकै सम्प्रदाय भित्र पनि यी दुवै परम्पराहरू विद्यमान रहेको हामी पाउन सक्छाैं । यी दुर्इ मध्ये सांस्कृतिक रूपमा याचक परम्परा नै सबै भन्दा बढी प्रचलनमा रहेको कारण 'पूजा' भन्ने शब्द याचक परम्पराको नै समानार्थी शब्दका रूपमा जनमानसमा बुझ्ने प्रचलन छ । बुद्धलार्इ श्रमण वा महाश्रमण भनी पनि चिनिन्थ्यो किनकि उनी तत्कालीन समाजमा हराउँदै गएको श्रमण परम्पराको पुनरोदय गराउने ब्यक्ति हुनुहुन्थ्यो । तसर्थ बुद्ध पूजाको यथार्थ ज्ञान लिर्इ अाचरण गर्न सकेमात्र यसले अाफ्नो अध्यात्मिक यात्रामा टेवा पुर्याउँदछ । अन्यथा बुद्धपूजा पनि याचक परम्परा भन्दा भिन्न रहन सक्दैन । यहाँ श्रावकयान बुद्ध शिक्षाका अनुयायीहरूले गर्दै अाएको बुद्ध पूजाको संक्षिप्त परिचय प्रस्तुत गर्ने जमर्को गरिएको छ । यसमा बुद्ध पूजाको परिभाषा, विधि, भावार्थ र उद्देश्यलार्इ सविस्तार वर्णन गरिएको छ ।
संसारय् दुगु धर्म परम्परातय् त विधिया कथं १) याचक परम्परा व २) श्रमण परम्परा याना निथी कथं ब्वथला तःगु दु । याचक परम्पराय् 'पूजा' या अर्थ सुंनं छम्ह अाराध्य देव वा देवी वा छुँनं दृश्य/अदृश्य शक्तियागु पूजा उपासना याना धन सम्पत्ति, निरोगिता, यश, सन्तान, अानन्द अादि फ्वनेगु यार्इ । थुकथंया भक्ति व याचनापाखेँ लय्ताया अाराध्य शक्तिं उपिं याचनात पूवंका विइ धैगु दुग्यंक विश्वास कायेगु यार्इ । श्रमण परम्पराय् याचना वा कृपा वा वरदानय् विश्वास यार्इमखु वरू थःगु अाज्जु पुवंकेया नितिं थम्हंले परिश्रम याये माः धैगु खँय् बिश्वास याना मदिक्क चर्या याना च्वनी । थुगु परम्पराय् 'पूजा' या अर्थ व विधि याचक परम्परासिवे यक्वहे पाःगु खनेदै । श्रमण परम्पराय् 'पूजा' या अर्थ गुरू, माँ, अबु वा अन्य पूजनीय ब्यक्तिपिं वा उपिं पूजनीयपिनिगु स्वापू ंका वस्तुत न्ह्योने नतमस्तक जुया उमिगु सम्झेर ख ती गुणहरूबाट उत्प्रेरित भर्इ अाफ्नो परिश्रम साधनालार्इ अझ दरिलो वनाउने गर्दछ । यसरी गुणानुस्मरण गरी अाफ्नो अाचरण शुद्ध वनाउँदै, सुधार गर्दै प्रत्यक्ष ज्ञान बोध गर्न अभिरत हुन्छ । यी दुर्इ परम्पराहरू मध्येबाट ब्यक्तिले कुन चाहिं छनोट गर्दा अाफूलार्इ लाभ हुन्छ भन्ने वारे विवेकपूर्ण मूल्यांकन गर्नु पर्दछ । सम्प्रदायहरूका परम्पराहरूको विश्लेषण गर्दा एकै सम्प्रदाय भित्र पनि यी दुवै परम्पराहरू विद्यमान रहेको हामी पाउन सक्छाैं । यी दुर्इ मध्ये सांस्कृतिक रूपमा याचक परम्परा नै सबै भन्दा बढी प्रचलनमा रहेको कारण 'पूजा' भन्ने शब्द याचक परम्पराको नै समानार्थी शब्दका रूपमा जनमानसमा बुझ्ने प्रचलन छ । बुद्धलार्इ श्रमण वा महाश्रमण भनी पनि चिनिन्थ्यो किनकि उनी तत्कालीन समाजमा हराउँदै गएको श्रमण परम्पराको पुनरोदय गराउने ब्यक्ति हुनुहुन्थ्यो । तसर्थ बुद्ध पूजाको यथार्थ ज्ञान लिर्इ अाचरण गर्न सकेमात्र यसले अाफ्नो अध्यात्मिक यात्रामा टेवा पुर्याउँदछ । अन्यथा बुद्धपूजा पनि याचक परम्परा भन्दा भिन्न रहन सक्दैन । यहाँ श्रावकयान बुद्ध शिक्षाका अनुयायीहरूले गर्दै अाएको बुद्ध पूजाको संक्षिप्त परिचय प्रस्तुत गर्ने जमर्को गरिएको छ । यसमा बुद्ध पूजाको परिभाषा, विधि, भावार्थ र उद्देश्यलार्इ सविस्तार वर्णन गरिएको छ ।
संस्कृतमा 'पूजा' शब्दको अर्थ सम्मान, प्रार्थना र भक्ति अादि रूपमा प्रयोग भएको पाइन्छ । पूजा गर्दा दण्डवत् गर्ने, झुक्ने, पूजा सरसामग्री चढाउने, पाठ गर्ने, गुरू अाचार्यलार्इ दान गर्ने अादि कृयाकलापहरू गरिन्छ । बुद्ध पूजामा पनि सामान्यतया यी सबै कार्यहरू गरिन्छ । तर बुद्ध पूजामा रहेको सन्देशलार्इ हेर्ने हो भने शुद्ध अाचरण र बुद्ध शिक्षा अनुरूप अाफ्नो अाध्यात्मिक विकास गर्न सक्नु नै साँचो तहमा बुद्ध पूजा हो भनिएको छ । तसर्थ माथि उल्लेख गरिए जस्तो शरीर र वाणीले गर्ने पूजा, भाैतिक वस्तु चढाएर गर्ने पूजाका साथमा धर्मानुकुल धर्माचरण मार्फत गर्ने प्रतिपत्ति पूजा गर्न सकेमात्र पूजा सार्थक हुन्छ ।
बुद्ध पूजा गर्दा पाली गाथाहरू पाठ गरिन्छ । दैनिक रूपमा यसरी पाठ गर्दा गाथाहरू कण्ठष्ट हुन्छ र मनलार्इ एकाग्र, अानन्द र शान्त पार्न मद्दत पुग्दछ । तसर्थ बुद्ध पूजा दैनिक रूपमा विहान वा बेलुकि घरमा, सामूहिक उत्सवहरूमा र उपोषधका दिनहरूमा गर्नु उपयुक्त हुन्छ । मंगलसुत्रमा "...पूजेच पूजनेयानं यतं मंगलमुत्तमं" भनी पूजा गर्न योग्य ब्यक्तिको पूजा गर्नु पनि एक महत्वपूर्ण मंगल हो भन्ने उद्धरण यहाँ सान्दर्भिक हुन्छ । भगवान बुद्ध, उनले देखाउनु भएको धर्म र त्यस धर्मपथमा लागि निर्वाण सम्म पुग्ने संकल्प लिएका भिक्षु संघको अनन्त गुणका कारण यी तीन रत्नहरू पूजनीय हुन् र यसरी पूजनीयहरूको पूजा गर्नु मंगल भएकाले बुद्ध पूजा बाैद्ध पद्धति र संस्कृतिको अभिन्न अंग हुन पुगेको छ ।
बुद्ध पूजामा मूलभूत रूपमा निम्नानुसार कार्यहरू गरिन्छ ।
बुद्ध पूजा गर्दा पाली गाथाहरू पाठ गरिन्छ । दैनिक रूपमा यसरी पाठ गर्दा गाथाहरू कण्ठष्ट हुन्छ र मनलार्इ एकाग्र, अानन्द र शान्त पार्न मद्दत पुग्दछ । तसर्थ बुद्ध पूजा दैनिक रूपमा विहान वा बेलुकि घरमा, सामूहिक उत्सवहरूमा र उपोषधका दिनहरूमा गर्नु उपयुक्त हुन्छ । मंगलसुत्रमा "...पूजेच पूजनेयानं यतं मंगलमुत्तमं" भनी पूजा गर्न योग्य ब्यक्तिको पूजा गर्नु पनि एक महत्वपूर्ण मंगल हो भन्ने उद्धरण यहाँ सान्दर्भिक हुन्छ । भगवान बुद्ध, उनले देखाउनु भएको धर्म र त्यस धर्मपथमा लागि निर्वाण सम्म पुग्ने संकल्प लिएका भिक्षु संघको अनन्त गुणका कारण यी तीन रत्नहरू पूजनीय हुन् र यसरी पूजनीयहरूको पूजा गर्नु मंगल भएकाले बुद्ध पूजा बाैद्ध पद्धति र संस्कृतिको अभिन्न अंग हुन पुगेको छ ।
बुद्ध पूजामा मूलभूत रूपमा निम्नानुसार कार्यहरू गरिन्छ ।
- नमस्कार - "नमो तस्स भगवतो अरहतो ..." पाठ गर्दा अाउने 'नमो' शब्दको अर्थ नमस्कार हो । यसको अर्थ अहंकार रहित भर्इ अाफू तल्लो दर्जामा रहेको भावमा स्थित भर्इ दुर्इहात जोडी निहुरिनु, नतमस्तक हुनु, सम्मान भाव देखाउनु, विनम्र हुनु र कोमल हुनु हो । मानिसहरू अामाबुबा, गुरू, अाफू भन्दा जेष्ठ ब्यक्ति, भिक्षु, सन्यासीहरूलार्इ निहुरिएर वन्दना गर्दछन् । यस वाहेक स्तुप, मूर्ति, बोधिबृक्ष अादि बुद्धको प्रतिकलार्इ पनि बुद्ध स्वरूप मानी निहुरिने गर्दछन् । वन्दना अथवा नमस्कार गर्दा हात जोडी टाउको निहुरिनु, पञ्चाङ्ग दण्डवत, अष्टाङ्ग दण्डवत् अादि विभिन्न तरिकाले गर्न सकिन्छ । अाफू समानका ब्यक्ति वा साथीको अगाडि अभिवादन भावमा ननिहुरिकन हातमात्र जोड्ने गर्दछ । यी जुनसुकै अवस्थाहरूमा पनि नमस्कारको अर्थ निरहंकार स्वभावको सांकेतिक प्रदर्शन हो । बुद्ध पूजाको सबैभन्दा पहिलो चरणमा भगवा, अरहं, सम्येकसंम्बुद्ध अादि भगवान बुद्धको गुणलार्इ संक्षिप्त रूपमा वाचन गरी नमस्कार गरिन्छ ।
- शरणागमन - बुद्ध, धर्म र संघको नामोच्चारण गरी यी तीन रत्नहरूको शरणमा गएको घोषणा नै शरणागमन हो । बुद्धम् शरणं गच्छामि... लार्इ पुनः पुनः दुतियम्पि..., ततियम्पि... गरी तीन पटक सम्म दोहर्याइन्छ । कुनै पनि ब्यक्तिलार्इ दुःख समस्या पर्यो भने त्यस समस्यालार्इ हल गर्न सक्ने ब्यक्ति वा साथीको शरणको खोजीमा जान्छन् । युद्ध हिंसाबाट पीडितहरू अाफ्नो सुरक्षाको लागि अाफ्नो स्थान छोडी अन्यत्र शरणार्थीका रूपमा निर्वासनमा जान्छन् । यस्तै नै संसारको अनन्त दुःखको बोध भए पछि उक्त ब्यक्ति ती दुःखहरूबाट छुट्कारा पाउन अनेक प्रकारका शरणको खोजीमा जान्छन् । कोहिं मन्दिरको, कोहिं बृक्षको, कोहिं पर्वत त कोहिं जंगलको शरणमा जान्छन् । जम्न जरा ब्याधि मरण अादि दुःखहरूको भयावह भुमरीबाट निस्कनका लागि यस्ता शरणहरू कुनै पनि उपयुक्त र सुरक्षित हुन सक्दैन । यस्तै बाबुअामा, मित्र बान्धव पनि कदापि उपयुक्त र सुरक्षित शरण हुन सक्दैन । त्रिरत्नको शरण मार्फत मात्र चार अार्य सत्य ज्ञानको समिप ल्याइ दिन्छ र अष्टाङ्गिक मार्गमा हिंडेको पदचाप सँग सँगै दुःखका कारणहरू निर्मूल हुँदै जान्छ र अन्ततोगत्वा विमुक्तिको अवस्था प्राप्त हुन्छ । तसर्थ बुद्ध, धर्म र संघ मात्रै अविकल्प शरण हुन सक्छ । यसले भयभीतहरूलार्इ भयबाट मुक्त पारी दिन्छ । यो कुरा भगवान बुद्धले धम्मपद, बुद्धवग्गोको निम्नानुसार गाथामा देशना गर्नु भएको छ ।
- बहुं वे सरणं यन्ति, पब्बतानि वनानि च।
आरामरुक्खचेत्यानि, मनुस्सा भयतज्जिता॥१८८॥
नेतं खो सरणं खेमं, नेतं सरणमुत्तमं।
नेतं सरणमागम्म, सब्बदुक्खा पमुच्चति॥१८९॥
यो च बुद्धञ्च धम्मञ्च, सङ्घञ्च सरणं गतो।
चत्तारि अरियसच्चानि, सम्मप्पञ्ञाय पस्सति॥१९०॥
दुक्खं दुक्खसमुप्पादं, दुक्खस्स च अतिक्कमं।
अरियं चट्ठङ्गिकं मग्गं, दुक्खूपसमगामिनं॥१९१॥
एतं खो सरणं खेमं, एतं सरणमुत्तमं।
एतं सरणमागम्म, सब्बदुक्खा पमुच्चति॥१९२॥
महायान शिक्षामा बोधि प्रणिधि, बोधि प्रस्थान र बोधि परिणामना गरी तीन चरणमा बोधिपथलार्इ प्रकाश परिएको छ । यसमध्येको सवभन्दा पहिलो चरण बोधि प्रणिधि चित्त (बुद्ध हुन्छु भन्ने ढृढ प्रतिज्ञा गरेको चित्त) उत्पन्न गर्न अनिवार्य त्रिरत्नको शरणमा जानु पर्दछ ।४
- त्रिरत्न गुणानुस्मरण र वन्दना - शरणागमन पश्चात् त्रिरत्नको गुणानुस्मरण गरिन्छ । बुद्ध ९ वटा, धर्मको ६ वटा र संघको ९ गुणस्मरण गरी तीनै रत्नलार्इ वन्दना गरिन्छ र पुनः पुनः शरण जादैछु भन्ने कुरा दोहर्याउँछ। त्रिरत्न गुणहरू निम्न प्रकारका छन् ।
- अरहं - पूजा गर्न योग्य, राग द्वेषादि सम्पूर्ण शत्रुलार्इ जितिसकेको, गुप्त पाप समेत नगर्ने
- सम्मासम्बुद्धो - सम्पूर्ण धर्मलार्इ निशेष रूपले (केहिं बाँकि नहुने गरी) स्वयं जानेर धारण गरेका
- विज्जाचरण सम्पन्नो - तीन विद्या, अाठ विद्या र पन्ध्र अाचरणले युक्त
- सुगतो - निर्वाण नगरमा राम्रो सँग हिडेका
- लोक विदू - सत्तलोक (सत्व प्राणीहरू), संखारलोक (लाैकिक र नामरूप), अोकास लोक (सत्व प्राणी वस्ने स्थान) यी तीनै लोकलार्इ जानेका
- अनुत्तरोपुरिसदम्मसारथी - देव, मनुष्य, तिर्यक र वेनेय्य प्राणीहरूलार्इ सभ्य हुने गरी दमन गरी सारथी समान भएका
- सत्था देव मनुस्सान - ब्रम्हा, देव, मनुष्यहरूको शास्ता गुरू
- बुद्धो - चतुरार्य सत्यलार्इ भिन्न भिन्न गरी छुटार्इ जानेका
- भगवा - छ प्रकारको भाग्य र गुणले सम्पन्न
- स्वाक्खातो - अादि मध्ये अन्त सम्म कल्याण हुने गरी राम्ररी खुलस्त रूपले देशना भएको
- सन्दिट्ठीको - अार्य पुद्गलहरूले अाफैंले साक्षात्कार गर्न सक्ने
- अकालिको - समय नवित्दै फल दिने
- एहिपस्सिको- अाएर हेर भनी बोलाइ देखाउन हुने
- ओपनेय्यिको - क्रमिक रूपमा निर्वाण सम्म पुर्यार्इ दिने
- पच्चतं वेदितब्बो विञ्ञूही ति - विद्वान् हरूले अाफै विश्लेषण गरी अनुभव गरी प्रत्यक्ष रूपले ज्ञान हासिल गर्ने सकिने
- सुपटिपन्नो - उपदेशानुसार दुरूस्त अाचरण गर्ने
- उजुपटिपन्नो - राम्ररी सिधा अाचरण गर्ने
- ञायपटिपन्नोे - न्याय अर्थात् निर्वाणका लागि अाचरण गर्ने
- सामीचिपटिपन्नो - उचित मार्गगामी भर्इ अादरयोग्य हुने गरी अाचरण गर्ने
- आहुनेय्यो- अाब्हान गर्न योग्य
- पाहुनेय्यो- अतिथि सत्कार गर्न योग्य
- दक्खिणेय्यो- दान दिन योग्य
- अञ्जलिकरणीय- हात जोडी विन्ति गर्न योग्य
- अनुत्तरं पुञ्ञक्खेत्तं लोकस्स- ब्रम्हा, देव, मनुष्यहरूको उपमा नभएको पुण्यको बिउ रोप्न अति नै उत्तम खेत समान
- अामिष पूजा - बुद्ध पूजामा अामिष पूजा र पतिपत्ति गरी दुर्इ खण्ड छन् । अामिष पूजा भन्नाले विविध वस्तुहरू उपहार स्वरूप चढाएर गर्ने बाहिरी तहमा गरिने पूजा विधि हो भने पतिपत्ति पूजा भनेको दान, शील, भावना अादिको अभ्यास गरी प्रज्ञाको विकास गरी धर्मानुकुल धर्माचरण गर्नु हो । बुद्ध शिक्षामा अामिष पूजा भन्दा पतिपत्ति पूजालार्इ उत्तम भनिएको छ । बुद्ध पूजा पाठमा पनि बुद्धलार्इ जिवित हुँदा जस्तैको भाषा प्रयोग गरी भक्तिवादि शैलीमा विविध वस्तु अर्पण गरी ग्रहण गर्न अाग्रह गरेको पाउन सकिन्छ । यस मध्ये दीप, पुष्प र धुप पूजामा चाहिं यी वस्तुहरूको प्रतिक समेतलार्इ उच्चारण गरी अर्पण गरिन्छ । यस अर्थमा यसरी चढाउनुको अर्थ महापरिनिर्वाण भइसकेका बुद्धलार्इ खुसी पारी वरदान प्राप्त गर्ने वा कुनै भाैतिक लाभको उद्देश्य राखी पूजा गर्ने नभइकन ती वस्तुहरूलार्इ प्रतिकात्मक रूपमा प्रयोग गरी ती प्रतिकहरू मार्फत ज्ञान हासिल गर्नु रहेको छ । यस्तै चढाइने वस्तु शरीरका पाँच ज्ञानेन्द्रियहरूको विषयसँग पनि सम्वन्धित गराइन्छ । फूलले छाला, बत्तिले अाँखा, धूपले नाक, फलफूलले जिब्रो, घण्टीले काँनलार्इ सक्रिय वनाउने र शरीरका यी पाँचै द्वारहरूबाट भित्रिने क्लेशलार्इ रोकी एक चित्त बनाउन पनि यी वस्तुहरू प्रयोग गरिन्छ । यी चढाउने वस्तुहरूको प्रतिक निम्नानुसार रहेको छ।२
- फूल - (काय विज्ञान - छाला) अनित्यता, शून्य स्वभाव
- दीप - (चक्षु विज्ञान - अाँखा) बोधिज्ञान
- धूप - (घ्राण विज्ञान - नाक) सुगन्ध वरिपरि फैलिए झै बुद्धको शिक्षा संसार भर फैलनु, धूपले हावालार्इ सफा पार्छ ।
- फलफूल - (रस विज्ञान - जिब्रो) सवै वस्तुहरू तथा तत्वहरूको एकअापसमा रहेको अन्तरसम्वन्ध, अन्तरनिर्भरता
- घण्टी - (श्रोत विज्ञान - कान) - हेतु प्रवाह र कर्मको द्योतक
- पानी - जीवनका लागि अत्यावश्यक वस्तु, अमूल्य मनुष्य जीवनको सम्मान
तसर्थ मूर्ति वा स्तुप अगाडी चढाइ गरिने यस्ता अामिष पूजा दानको अभ्यास, त्यागको अभ्यास, बुद्ध धर्म संघको लागि समर्पणको अभ्यासको रूपमा लिनु पर्दछ । बुद्ध पूजा कुनै भक्ति, प्रार्थना, कर्मकाण्ड वा याचना होइन यद्यपि यसमा पनि केहि कामना अाशिकाहरू गरिन्छ । तर ती कामना अाशिकाहरू अरू सँग मागिने वरदान नभइकन अाफैले अाफैलार्इ दिन सक्ने सुभाशिर्वाद हुन जुन पतिपत्ति पूजा गर्न सके अवश्य पूर्ण हुन्छ । प्रतिकात्मक रूपले भाैतिक वस्तुहरू चढाउँदा अन्ततोगत्वा अनित्य र अनात्म भाव जगाउनु पर्दछ । उचित मार्ग निर्देशन नपाएका पूजकमा अामिष पूजाका कारण मिथ्थ्यादृष्टिको उदय हुने सम्भावना हुन्छ । यसमा पूजक अाफू ज्यादै होसियार हुनु पर्दछ । सँधै धूपवत्ती अादि प्रयोग गरी बुद्ध पूजा गरी राख्दा अक्षता, धूप अादि चढाउनु नै धर्म ठान्ने अन्धश्रद्धाको विकास हुन सक्छ । यस्तो अन्धश्रद्धा भएका पूजक भाैतिक सामग्री उपलब्ध नभएको अवस्थामा दान, शील, भावनालार्इ धर्म नै नगन्ने र त्यस दिन धर्म गर्न पाँइन खिन्न हुने गर्दछ । यो बुद्ध पूजाको गतल बुझाइका कारण विकास भएको मिथ्यादृष्टिको कारण हो ।
कुशल कर्म पनि दुइ किसिमका हुन्छन् । लाैकिक अानन्द प्राप्त गर्न संसारमा फेरि फेरि अाउन पाउँ भनी कामनाका साथ गरिने कुशल कर्मलार्इ वट्टगामिनि कुशल भनिन्छ । यस्तै जन्म मरणको चक्रबाट छुट्ने महान् उद्देश्य राखी गरिने कुशललार्इ विवट्टगामिनि कुशल भनिन्छ । अामिष पूजा वट्टगामिनि कुशल अवश्य हुन सक्छ तर यसलार्इ राम्ररी बुझेर निर्वाणका लागि बुद्ध पूजा गर्ने र यसै अनुरूप पतिपत्ति पूजामा स्थित हुन सकेमा यहिं बुद्ध पूजा विवट्टगामिनि कुशल हुन पुग्दछ र जन्म मरणको अनन्त चक्रबाट छुट्न साधन वन्न सक्छ ।
- बुद्धोपदेश स्मरण - परम्परागत रूपमा चलिअाएको बुद्ध पूजामा यो खण्ड पाँइदैन । बुद्ध पूजाका साथमा बुद्धोपदेशका सारहरू समेत स्मरण गर्ने हेतुले हाल कुनै कुनै बाैद्ध समुदायमा यस खण्ड समेत थपी सम्येक पाठका रूपमा पाठ गर्न थालेको पाइन्छ । यो नयाँ चलन भए पनि यसको महत्व विशेष रूपले रहेको देखिएकोले यो लेखमा समेत यस वारे चर्चा गरिएको हो ।३
यस खण्डमा बुद्धोपदेशको सारका रूपमा धम्मपदको बुद्ध वग्गोको १८३ अाै गाथा "सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा..." पाठ गरी यस पश्चात् दशअकुशल कर्म र दश पुण्य क्रिया पाठ निम्नानुसार गरिन्छ ।
बुद्धोपदेश सार
सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा
सचितं परियोदपनं एत्तं बुद्धानंसासनं
नगर्नु कुनै पापको काम - कुशलकर्म बृद्धि गर्दै लानु,
चित्त शुद्ध गर्दै लानु - यहिं सबै बुद्धहरूको उपदेश हुन् ।
दश अकुशल पाठ
अभिज्झा ब्यापाद मिच्छादिट्ठी मुसावादा
पिसुनवाचा फरुसवाचा सम्फप्पलापवाचा
पाणातिपाता अदिन्नादाना कामेसु मिच्छाचारा
वेरमणी सिक्खापदं समादियामि
मनबाट हुने ३ कर्म -
- अभिज्झा - परवस्तुमा लोभ
- ब्यापाद - परहानीको कामना, क्रोध
- मिच्छादिट्ठी - गलत धारणा
बचनबाट हुने ४ कर्म
- मुसावादा - झुठ कुरा गर्नु
- पिसुनवाचा - चुक्लि गर्नु
- फरूसवाचा - कटुवचन बोल्नु
- सम्फप्पलापवाचा - काम नलाग्ने कुरा गर्नु
शरीरवाट हुने ३ कर्म
- पाणातिपाता - प्राणी हत्या गर्नु
- अदिन्नादाना - चोरी गर्नु
- कामेसुमिच्छाचारा - कामब्यभिचार गर्नु
दश पुण्यक्रिया पाठ
दानं शीलञ्च भावना पत्तिपत्तानुमोदन
वैय्यावच्च अपचायञ्च देसना सुति दिट्ठिउजु
- दान - त्याग चित्तले अाफूसँग भएको भाैतिक तथा अभाैतिक वस्तु अरूलार्इ दिनु
- शील - शरीर र वचनलार्इ संयम राख्नु
- भावना - ध्यान भावना द्वारा चित्त एकाग्र गरी प्रज्ञा ज्ञानको उदय गर्नु
- पत्तिदान - पुण्य दान अर्थात् परमंगल कामना
- पत्तानुमोदन - अरूको पुण्यमा हर्षित हुनु
- वैयावच्च - परोपकार सेवा गर्नु
- अपचायन - अादर सत्कार गर्नु
- देशना - धर्मको ज्ञान सुनाउनु
- सुति - धर्म ज्ञान सुन्नु
- दिट्ठिजु कम्म - शुद्ध धारणा (सम्येक दृष्टि) कायम राख्नु
- चैत्य वन्दना - बुद्धको महापरिनिर्वाण पश्चात् बुद्धको संस्मरण स्वरूप माटोको ढिस्कोहरू भित्र बुद्धको अस्तिधातु राखी स्तुपहरू निर्माण गरिएका थिए । पछि यिनै ढिस्कोको गुम्वजलार्इ माथिल्लो भागमा राखी विभिन्न शैलीमा बुद्ध बोधिसत्वहरूको प्रतिमा प्रतिष्ठापित गरी चैत्यहरू निर्माण गर्न थालियो । जागृत चित्त चैतन्य अर्थात् बोधि चित्तको प्रतिक स्वरूप बनाइने यी चैत्यहरूलार्इ श्रद्धालुहरू बुद्धको नै रूप मानी पूजा गर्दछन् । समग्रमा चैत्यहरू ४ प्रकारका हुन्छन् । ती हुन् -
- शारीरिक चैत्य - बुद्धको अस्थिधातु वा शरीरका अंगहरू (केशधातु, दन्तधातु अादि) राखी वनाइने
- पारिभोगिक चैत्य - बुद्धले प्रयोग गरेका वस्तुहरू राखी वनाइने
- धर्म चैत्य - त्रिपिटक, महायान ग्रन्थ वा कंग्युर तंग्युरहरू राखी वनाइने
- उद्देशिक चैत्य - कुनै मृतकको निर्वाण कामनाको उद्देश्य राखी वा कुनै उद्देश्य राखी निर्माण गरिने
बुद्ध पूजा गर्दा यसरी ठाउँ ठाउँमा प्रतिष्ठापित सबै प्रकारका चैत्यहरूलार्इ पनि निम्नानुसार वन्दना गरिन्छ ।
वन्दामि चेतियं सब्वं सब्बठानेसु पतिट्ठितं
सारीरिक धातु महाबोधिं बुद्ध रुपं सकलं सदा
वन्दना गर्छु सबै चैत्य, ठाउँ ठाउँमा संस्थापित
शारीरिक धातु, बोधि वृक्ष, सबै बुद्ध रुपलार्इ
माथि उल्लिखित बस्तुहरूका साथै चैत्यमा अंकित गरेर वा छुट्टै बुद्धको मूर्त प्रतिमा बनार्इ पनि बुद्ध पूजा गरेको पाउन सकिन्छ । बुद्धले अाफ्नो जीवनकालमा मूर्तिपूजाको कहिल्यै प्रोत्साहन गरेन तैपनि उपासक उपासिकाहरूले सयै वर्षपछि बुद्धको मूर्ति वनार्इ पूजा गर्न थाले । प्राण प्रतिष्ठा कर्मकाण्ड पश्चात् मूर्तिलार्इ साक्षात् भगवान् वा जीवित बुद्ध मानी पूजा गर्ने, मूर्ति सँग वार्ता गर्ने, याचना गर्ने अादि काम मिथ्यादृष्टिका उपज हुन् यसले मिथ्यादृष्टिलार्इ अझ दरिलो पार्दै लान्छ । यस प्रकारको मूर्ति पूजा अात्मावादी, र्इश्वरवादी परम्परामा प्रचलित भएको पाउँछाैं । बुद्ध पूजा गर्दा मूर्तिको अनिवार्यता छैन । यदि मूर्ति समक्ष बुद्ध पूजा गरिन्छ भने मूर्ति पूजाको यथार्थलार्इ राम्ररी बुझी पूजकले निम्नानुसार कुरामा अन्यन्त होस् राख्नु पर्दछ ।
- मूर्तिलार्इ बुद्ध वा त्रिरत्नको गुण र शिक्षा स्मरणको माध्यम (हेतु) को रूपमा लिने ।
- मूर्ति गुरूको प्रतिरूपको रूपमा रही उत्प्रेरणा र गुरूको गुणहरू अाफूमा पनि विकास गर्न प्रयत्न गराउँछ ।
- ये धम्मा हेतुप्पभवा... अनुसार कुनैपनि स्वभाव उत्पन्न हुन बाहिरी अालम्वन अर्थात् हेतुको अावश्यकता पर्दछ । त्रिरत्न प्रति श्रद्धा छ भने बुद्ध प्रतिमाले त्यस श्रद्धा वलियो वनाउन र त्रिरत्न गुण याद दिलाउन त्यसले सहयोग गर्दछ । यसको विपरित श्रद्धा नहुने ब्यक्तिको मूर्ति जतिसुकै देखेपनि श्रद्धा उत्पन्न हुँदैन । तसर्थ मूर्तिले श्रद्धा उत्पन्न गराउने होइन बरू श्रद्धावान् ले बुद्धमूर्तिलार्इ देखे पछि गुणानुस्मरण भर्इ श्रद्धालार्इ अझ बलियो वनाउने निमित्तमात्र हो ।
- क्षमा याचना - बुद्ध पूजा गर्ने ब्यक्तिले शरीर, वचन र मनले कुनै पनि कर्म गर्दा कुशल हो वा अकुशल हो भनी राम्ररी जाँची होसपूर्वक गर्नु पर्दछ । यस्तो प्रतिज्ञा गरेपनि सिकारू उपासक उपासिकाहरू प्रमादको वसमा पर्न सक्छ र सुक्ष्म वा स्थूल पाप कर्म हुन जान सक्छ । विगतका अाफ्ना कर्महरूको सिहावलोकन गरी यदि कुनै प्रकारको अकुशल कर्म भएको भेट्टिएमा अागामि दिनमा फेरी नगर्ने प्रण सहित तथागत वा प्रवजित भिक्षुको समक्ष पापदेशना गरी क्षमा याचना गर्नु पर्दछ । अकुशल कर्म गरे पश्चात् तथागत समक्ष क्षमायाचना गर्दा उक्त कर्मको विपाकबाट मुक्त हुन्छ भन्ने अाशय यस क्षमा याचना विधिको कदापि होइन । यस क्षमायाचनाको उद्देश्य सुक्ष्मातिसुक्ष्म देखि स्थूल गल्ती भएको होस अाउने वित्तिक्के र तत्कालै लाज संकोच नमानी, गल्ती नलुकार्इ इमान्दारी पूर्वक गल्ती सुधार्ने काममा लाग्नु हो । यस खण्डमा पालिमा निम्नानुसार पाठ गरिन्छ ।
कायेन वाचा चित्तेन, पमादेन मया कतं
अच्चयं खम मे भन्ते, भूरिपञ्ञो तथागत
काय वाक चित्त द्वारा, प्रमादको वसमा परी
अकुशल गरेको भए, क्षमा गरोस् (गम्भीरातिगम्भीर प्रज्ञावान्) तथागतले
- अाशिका - बुद्ध पूजा एक मंगल कार्य भएकोले यस मंगल कार्यको मंगल प्रभाव रहन्छ । यस मंगल प्रभाव अाफ्नो ब्यक्तिगत स्वार्थसँग जोडेर यदि कसैले बुद्ध पूजा गर्छ भने बुद्ध पूजाको सही लाभ लिन सक्दैन बरू स्वार्थी भाव र अहंकारको विकास हुन पुग्दछ । तसर्थ बुद्ध पूजा गर्दा निम्नानुसार अाशिकाहरू गरिन्छ।
- सद्धर्म चिरस्थायी होउन् ।
- सबै लोक सुखी होउन् ।
- यस पुण्यकार्यको सबैले अनुमोदन गरी ती सबै खुसी र संन्तुष्ट होउन् ।
- ती सबैले बोधिज्ञान लाभ गरी निर्वाण पद प्राप्त गरून् ।
यी अाशिकाहरूलार्इ पालिमा निम्नानुसार पाठ गरिन्छ ।
इमाय बुद्ध पूजाय, कताय सुद्ध चेतसा
चिरं तिठ्ठतु सद्धम्मो, लोको होतु सुखी सदा
शुद्ध चित्तले गरेका यो, बुद्ध पुजाको फलले
चिरस्थायी होस् सद्धर्म, लोक होउन् सुखी सदां
इमाय बुद्ध पूजाय, यं पुञ्ञं पसुतं मया
सब्बं तं अनुमोदित्वा, सब्बेपि तुठ्ठ मानसा
पुण्य प्राप्ती जति पनि छ, बुद्ध पुजाको फलले
अनुमोदन गरोस् सबले, चित्त होउन् सन्तुष्ट नै ।
पूरेत्वा दानसीलादि, सब्बापि दसपारमी
पत्वा यथिच्छितं बोधिं, फुसन्तु अमतं पदं
दानशीलादि सम्पूर्ण, पारमिता पूर्ण गरी
इच्छित त्यो बोधि ज्ञान प्राप्त होउन् निर्वाणपद
- प्रतिपत्ति पूजा - बुद्ध शिक्षा अनुसार धर्मानुकुल अाचरण गर्नु नै बुद्धको पूजा हो भनी बुद्ध पूजामा अत्यन्त जोड दिइएकको छ । दशकुशलाकुशल कर्महरू पाठमा मात्र सिमित गरी ब्यवहारमा पालना नगर्ने हो भने कर्मकाण्डी बुद्ध पूजा ब्यर्थ हो । बुद्ध शिक्षा अाचरणमा ल्याउने वित्तिकै अाफ्नो जीवनमा सुख शान्तिको अनुभूति हुन थाल्छ । यस्त्तो लाभले त्रिरत्न प्रतिको श्रद्धा अझ प्रगाढ हुँदै जान्छ, शील समाधि प्रज्ञायुक्त अार्य मार्गमा प्रस्थान गर्न टेवा पुर्याउँछ ।
इमाय धम्मानुधम्म पटिपत्तिया धम्मं पूजेमि
इमाय धम्मानुधम्म पटिपत्तिया सघं पूजेमि
अद्धा इमाय पटिपत्तिया जाति जरा ब्याधि मरणम्हा परिमुच्चिस्सामि
यसरी धर्मानुकुल धर्माचरणले पूजा गर्छु बुद्धको
- यसरी धर्मानुकुल धर्माचरणले पूजा गर्छु धर्मको
- यसरी धर्मानुकुल धर्माचरणले पूजा गर्छु संघको
- यसरी धर्माचरण गर्दै, जन्म जरा रोग मरणबाट मुक्त हुन्छु अवश्य ।
- कामना - प्रायशः पूजा गर्दा मनले कुनै न कुनै कामना राख्दछ । क्लेशयुक्त चित्तले पूजा गर्दा क्लेशयुक्त कामना नै गर्न पुग्दछ । मनपरेको वस्तुको प्राप्ति वा संवर्द्धन, मननपरेको वस्तु वा विषयको अन्त्य वा अवनति, मोहवस असत्य र वाहियात विषय वस्तुहरूको कामना गर्न पुग्दछ । यस प्रकारले पूजा गर्दा क्लेश झन् झन् वढ्दै जान्छ र बुद्ध पूजाको उद्देश्य विपरित परिणाम हुन पुग्दछ । यसको अर्थ बुद्धपूजा गर्दा कुनै कामना नै गर्नु हुँदैन भन्ने पनि छैन । बुद्ध पूजा पाठमा यसै सम्भावनालार्इ मध्यनजर गरी उचित कामना के हो ? भन्ने पनि उल्लेख गरेको छ । बुद्ध पूजामा निम्नानुसार कामना गरिन्छ ।
- मुर्खको संगत नहोस् - वालमूर्ख ब्यक्ति भनेको अकुशलले भरिएको ब्यक्ति हो जसले दशाकुशल कर्म गर्ने, समाजसँग शत्रुजस्तो ब्यवहार गर्ने गर्दछ। यस्ता ब्यक्तिहरूको संगतमा पर्यो भने अध्यारो गुफामा तानेर लग्छ जहाँ जति भित्र पस्दै गयो त्यति अन्धकार ब्याप्त छ । निस्किने बाटो भेटिंदैन । अाफू पनि त्यस्तै मूर्ख हुँदै जान्छ । अन्ततः दुःख र पीडा भन्दा अरू केहिं हात पर्दैन ।
- सत्मित्रको संगत होस् - सत्मित्रको संगतमा पर्यो भने अाफूलार्इ अन्धकारबाट उज्यालोतिर तान्छ, यसै कारणले अाफू क्रमशः ज्ञानवान् हुँदै अाउँछ । कुशल अकुशल छुट्याउन सक्ने अाँखा प्राप्त हुन्छ । दुःखको भुमरीबाट निस्किन्छ र सुख, शान्ति र प्रगति प्राप्त हुन्छ ।
- मनको मयल क्षय होस् - राग, द्वेष र मोह रूपी मनका विकारहरूको क्रमशः क्षय हुँदै मन निर्मल हुँदै जाअोस् ।
- निर्वाण साक्षात्कार होस् - मनका विकारको अन्त्यका साथ निर्वाणको साक्षात्कार हुन्छ । जन्म मरणको चक्रबाट छुट्छ ।
- सबै सत्व प्राणीहरू सुखी होउन् - अनन्त मैत्री र करूणाले मन मस्तिष्कलार्इ भरेर सबै सत्व प्राणीहरूको सुखको कामना गरे पछि चित्त ब्रह्मविहारमा स्थिर रहीरहन सकिन्छ ।
यी यस्ता कामना हुन जुनमा न राग जोडिएको छ न त द्वेष जोडिएको छ । यी कामनाहरू कसैसँग वरदान स्वरूप मागिएका पनि होइन । यो त अाफैले अाफैलार्इ दिन सक्ने सुभाशिर्वाद हुन् जुन जहिले पनि, जति पनि दिँदा कुनै हानी छैन । वरू यस्तो सुभाशिर्वादले अाफ्नो रक्षा गर्छ, मनलार्इ वलियो बनाउँछ र कामना गरिएका कुराहरू पूर्ति गर्नका लागि अाफूले परिश्रम गर्न सँधै उत्साही बनाउँछ। बुद्ध पूजामा निम्नानुसार गाथाहरू पाठ गरी कामना गरिन्छ ।
- इमिना पुञ्ञ कम्मेन, मा मे बाल समागमो
सतं समागमो होतु, याव निब्बान पत्तिाया
इदम्मे पुञ्ञं आसवक्खया वहं होतु ।
इदम्मे पुञ्ञं निब्बानस्स पच्चयो होतु ।
इदम्मे पुञ्ञं सब्बे सत्ता सुखिता भवन्तु ।
मेरो यो पुण्य फलले, नहोउन् मूर्खको संगत
संगत होउन् सत्मित्रहरूको, नभएसम्म प्राप्त निर्वाणपद
मेरो यो पुण्य फलले, होस् नाश मनको मयलमा
मेरो यो पुण्य फलले, प्राप्त होउन् निर्वाणपद
मेरो यो पुण्य फलले, सुखी होउन् सबै प्राणी
भवतु सब्ब मंगलम् । सबैको मंगल हाेस् ।
१ गोयन्का सत्यनारायण, १९९९. पडोसी देशों के साथ स्नेह सम्वन्ध, नेपाल विपश्यना केन्द्र, काठमाडाैं । [PDF डाउनलोड गर्नुस्।]
२ https://en.wikipedia.org/wiki/Puja_(Buddhism)#Offerings↩
३ भदन्त सम्यक सम्बोधि प्राणपुत्र, ने.सं. ११२४, सम्यक् संस्कार, सुखी होतु नेपाल, बुद्ध विहार, भृकुटीमण्डप↩
४ शाक्य मिलन, २०६४, अाचार्य गम्पोपा विरचित सद्धर्मचिन्तामणिमोक्षरत्नालंकार, नागार्जुन बाैद्ध अध्ययन संस्थान, नेपाल ।
५ Ajaan Lee Dhammadharo, translated from the Thai by Thanissaro Bhikkhu, 2013. "Visakha Puja",in Access to Insight (Legacy Edition), 30 November 2013.[Availalbe Online at] http://www.accesstoinsight.org/lib/thai/lee/visakha.html .
Comments
Post a Comment