दुःख समुदय आर्य सत्य - आर्यन वि.सी.
२०७६ कार्तिक ३० गते शनिवार श्री शाक्यसिंह विहारमा आयोजित ३३ औं परियत्ति वक्तृत्त्वकला प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल दीपावती बाैद्ध परियत्ति केन्द्र बाट सहभागी भएका आर्यन वि.सी.को प्रस्तुति प्रस्तुतिको पूर्ण पाठ भगवान बुद्धको सम्पूर्ण शिक्षाको सार चार आर्य सत्य हो । संसार दुःखमय छ भन्ने सत्य, दुःखको कारण, त्यसको निरोधको अवस्था र त्यस निरोधको अवस्था सम्म पुर्याउने आठ अङ्ग युक्त मार्ग अर्थात् उपायका कुरा यस सार उपदेशमा समेटिएको छ । यस सत्यको अवबोध पश्चात् नै उहाँ बुद्ध हुनु भयो र महाकरूणावान् वहाँले ४५ वर्ष सम्म ग्राम ग्राम नगर नगर चारिका गर्नु भइ यहि उपदेश देवमनुष्य आदिलाइ सिकाउनु भयो र आफू जस्तै तिनीहरूलार्इ पनि विमुक्त अवस्थामा पुर्याउनु भयो । भगवान बुद्धले धर्मचक्र प्रवर्तनका क्रममा पञ्चभद्र वर्गीय भिक्षुहरूलार्इ मध्यम मार्गको शिक्षा दिँदै पहिलो दुःख आर्यसत्य देशना गर्नु भयो । तत्पश्चात् दोस्रो आर्यसत्यका रूपमा दुःख समुदय आर्य सत्य अर्थात् दुःख उत्पत्तिको कारण व...