Posts

Showing posts from 2020

बुद्ध पूजा - एक परिचय

  लेखक - ज्ञानेन्द्र शाक्य                  पूजा सबै धर्म परम्पराहरूमा गरिने एक महत्वपूर्ण धार्मिक कृयाकलाप हुन् । सम्प्रदायको मत तथा शिक्षा अनुसार पूजाको अर्थ र विधि फरक फरक हुन्छ । यति मात्र होइन एउटै सम्प्रदाय भित्र पनि स्थान विशेष र सम्प्रदायभित्रका भिन्न मतहरूका कारण पूजाको अर्थ र विधि फरक फरक हुन सक्छन् । पूजालाइ यथार्थ रूपमा बुझेर आचरण गर्न सके यसवाट उचित लाभ लिन सकिन्छ अन्यथा अन्धविश्वासको भुमरीमा परी यसबाट लिनु पर्ने उचित लाभबाट वञ्चित हुनु पर्ने हुन्छ । कतिपय अवस्थामा त अन्धविश्वास र अज्ञानको वसमा परी पूजाको नाममा जघन्य अकुशल कर्म सम्म गर्न पुग्छन् । जसले गर्दा पुण्यलाभका आकांक्षी पापको खाडलमा पुरिन पुग्छ।      संसारका सबै धर्म परम्पराहरूलार्इ विधिका आधारमा १) याचक परम्परा र २) श्रमण परम्परा गरी दुर्इ वर्गमा बाँड्न सकिन्छ । १)   याचक परम्परामा ' पूजा ' को अर्थ कुनै आराध्य देव वा देवी वा कुनै दृश्य/अदृश्य शक्तिको पूजा उपासना गरी धन सम्पत्ति , निरोगिता , यश , सन्तान , आनन्द आदिको याचना गरिन्छ र त्यस भ...